दफा १९
हानी नोक्सानी बारे निगमका अधिकारीहरूको जवाफदेही
: निगमका सञ्चालक, महाप्रबन्धक र कर्मचारीले पाएको अख्तियारी बमोजिम कामकाज गर्दा बेइमानी चिताएको वा जानी जानी बेहिसाव गरेको रहेनछ भने पर्न आएको हानी नोक्सानी वापत निजहरू व्यक्तिगत रूपले जवाफदेही हुने छैनन् । तर कसैले यो ऐन अन्तर्गत बनेका नियम प्रतिकूल काम गरेबाट भएको दण्ड सजाय व्यहोर्नमा यस दफाको कुनै कुराले बाधा दिएको मानिने छैन ।